काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार ५०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रुपैयाँ पुगेको छ । सोमबार एक लाख २० हजार ५०० रुपैयाँले कारोबार भएको थियो ।
यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ४६० रुपैयाँ कायम भएको छ ।