किन फिटनेस प्रेमीहरू बढी हृदयघातका शिकार छन् ?-Sutra News

किन फिटनेस प्रेमीहरू बढी हृदयघातका शिकार छन् ?

मंगलबार, १७ पौस २०८०

मंगलबार, १७ पौस २०८०

पछिल्लाे समय, विश्वभर नै हृदयघातका राेगीहरू बढिरहेकाे देखिएकाे छ । एक अध्ययनअनुसार सबैभन्दा धेरै शारीरिकरूपमा फिट देखिने व्यक्तिहरू यसबाट बढी पीडित बनेका छन् ।



रिपाेर्टअनुसार सन् २०२१ को तुलनामा २०२२ मा हृदयघातका कारण मृत्यु हुनेको संख्या १२.५ प्रतिशतले बढेको छ ।

जापानको सबैभन्दा ठूलो वैज्ञानिक संस्था रिकिनका अनुसन्धानकर्ताहरूको टोलीले गरेकाे अध्ययनअनुसार काेराेना महामारीपछि यस्ता राेगीकाे संख्या तुलनात्मकरूपमा बढेकाे छ । केहीले यसलाई काेभिड खोपसँग पनि जोडेका छन् । तर, विज्ञहरूले काेभिड खाेपले जाेखिम बढाएकाे विषयलाई भने अस्वीकार गर्दछन् ।

हृदय रोगको जोखिम कसरी बढ्छ ?

विज्ञहरूका अनुसार उच्च सोडियमयुक्त आहार, व्यायामको कमी, धुम्रपान, अत्याधिक मद्यपान, अव्यवस्थित जीवनशैली आदि जस्ता कारणले हृदयाघातको जोखिम बढ्छ । स्वास्थ्य विज्ञहरूका अनुसार उच्च हेमोग्लोबिनको मात्राले हृदयाघात, स्ट्रोक र रगत जम्ने जोखिम बढाउन सक्छ।

खुट्टा तथा पेटमा रगत जम्ने, शारीरिक तनाव र जटिलतालाई पनि हृदयाघातकाे कारणकाे रूपमा लिइएकाे छ ।

यद्दपि, कारण व्यक्तिपिच्छे फरक-फरक हुने विज्ञहरू बताउँछन् । तर, केही शारीरिक तनावहरू, थकान, मांसपेशी र जोर्नीहरूको दुखाइ, न्यूरोलजिकल लक्षणहरू, ग्यास्ट्रोइंटेस्टाइनल समस्याहरू र ग्याससम्बन्धी अवरोधहरू कारणहरू पनि हृदयाघातमा कारण बनेका छन् ।

पछिल्लाे समय फिटनेश प्रेमीहरू हृदयाघातकाे जाेखिममा बढी परेकाे विज्ञहरू बताउँछन् । शरीरका निम्ति आवश्यकभन्दा धेरै शारिरीक अभ्यास र आवश्यकभन्दा धेरै प्राेटिनयुक्त खानेकुराले पनि समस्या बनाएकाे अध्ययनकाे निष्कर्ष छ ।

कुनै दिन धेरै शारिरीक अभ्यास गर्ने र कुनै दिन खाली हुने शैलीले पनि मांशपेशीमा तनाव उत्पन्न गर्ने र हृदयाराेगसम्बन्धी समस्या बढाउने गरेकाे स्वास्थ्य विज्ञहरूकाे तर्क छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट