पालिकालाई व्यवस्थित बनाउन पाँच विधेयक पारित-Sutra News

पालिकालाई व्यवस्थित बनाउन पाँच विधेयक पारित

मंगलबार, १७ पौस २०८०

मंगलबार, १७ पौस २०८०

काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकाले सहज ढंगले कार्य सम्पादन गर्न पाँच वटा विधेयक पारित गरेको छ ।



सभाले भवन निर्माण तथा नक्सापास कार्यविधि, प्राविधिक फिल्ड भत्ता कार्यविधि, भूकम्पीय जोखिम मूल्याङ्क मापदण्ड, खर्च व्यवस्थापन र पोषण मैत्री स्थानीय तह तथा वडा घोषणा कार्यविधि पारित गरेको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज गिरिका अनुसार सबै नीति, कार्यविधि र विधेयक सर्वसम्मतिले पारित भएका हुन् ।

पालिकाको कार्य सम्पादनलाई छिटो छरितो तथा नागरिकमुखी बनाउन कार्यविधि तथा मापदण्ड पारित गरिएको हो । कार्यविधि पारित भएसँगै अब पालिकाबाट नक्सा पास नगरी भवन निर्माण गर्न पाइने छैन ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पालिकाभित्र निर्माण हुने पक्की घर तथा सरकारी कार्यालयको अनिवार्य रूपमा नक्सा पास हुनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट