चितवन । जिल्लाको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो ।
महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गरेका थिए । यस क्रममा उनले किसानलाई उत्पादन बढाउन आग्रह गरे ।
उनले बजारीकरणका लागि सरकारले सहयोग गर्ने नीति लिएको बताउँदै भने, ‘बिक्रीको चिन्ता नगर्नुहोस् हामीले चीनसँग सम्झौता गरेका छौँ, यो वर्ष निर्यात गर्न नसकिएला, अर्को सिजनमा पठाउन सक्छौँ ।’
महोत्सवको अवसरमा सुन्तला खाने प्रतियोगिता, बोटमै पाहुनाले आफैँ टिप्न पाउने, सुन्तला किसानलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्यादीसम्बन्धी तालिम दिने पालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । महोत्सव पुस १८ गतेसम्म जारी रहने छ ।