माओवादीको निष्कर्ष : पार्टीमा आशा र उत्साह पैदा भएको छ-Sutra News

माओवादीको निष्कर्ष : पार्टीमा आशा र उत्साह पैदा भएको छ

मंगलबार, १७ पौस २०८०

मंगलबार, १७ पौस २०८०

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रीले पार्टीको विशेष रूपान्तरण अभियान उत्साहजनक भएको दाबी गरेका छन् ।



चार महिने देशभर विशेष रूपान्तरण अभियानको समापन गर्दै प्रचार विभागले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेको थियो ।

‘विशेष रूपान्तरणले सांगठनिक गतिशील भएका छन्, संगठन नबनेको ठाउँमा संगठन बनेको छ, निष्क्रिय भएको ठाउँमा सक्रिय भएको छ, पार्टीबाट पलायन हुने क्रम रोकिएको छ,’ पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘अन्य पार्टीबाट माओवादी प्रवेश गर्नेको संख्या बढ्दै गएको छ, पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको छ ।’

अभियानमा आफू सुदूरपश्चिमको दार्चुला पुगेको बताउँदै प्रवक्ता सापकोटाले स्थलगत अवलोकनपछि निकै उत्साहित भएको दाबी गरे ।

उनले सरकारको कामले जनतामा उत्साह जगाएको बताउँदै एक वर्षको अनुभवबाट शिक्षा लिएर मन्त्रिपरिषद् पुनर्गठन गरेर भए पनि प्रधानमन्त्रीले परिणाममुखी काम गर्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट