काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ ।
मंगलबार नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.१० बिन्दुमा पुगेको हो । आज एक करोड ११ लाख ८५ हजार ७१२ कित्ता शेयर किनबेच भएको थियो । यस्तै, चार अर्ब चार करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँँको कारोबार भएको छ ।
आज चिरखवा हाइड्रोपावर लिमिटेडमा सकारात्मक सकिर्ट लाग्दा हिमालयन आइड्रोपावर लिमिटेडमा नेगेटिभ सकिर्ट लागेको छ । मंगलबार बजार पूँजीकरण ३१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ ।