जापानमा दुई विमान आपसमा जुध्यो (भिडिओसहित)-Sutra News

जापानमा दुई विमान आपसमा जुध्यो (भिडिओसहित)

मंगलबार, १७ पौस २०८०

मंगलबार, १७ पौस २०८०

काठमाडौं । जापानमा गएको शक्तिशाली भूकम्पपछि अर्को ठूलो दुर्घटनाको भएको छ । समाचारमा जनाइएअनुसार कोस्ट गार्डको विमान जापान एयरलाइन्सको विमानसँग ठोक्किएको छ ।



यो ठूलो टक्करपछि टोकियोको हानेडा एयरपोर्टको रनवेमा आगलागी भएको थियो । जापानको सार्वजनिक प्रसारक एनएचकेमा लाइभ फुटेजमा विमानको झ्यालबाट आगो निस्किरहेको देखाइएको थियो ।

जापान एयरलाइन्सका प्रवक्ताले होक्काइडोको शिन चितोसे विमानस्थलबाट उडान भरेको उक्त विमानमा तीन सयभन्दा बढी यात्रु सवार रहेको बताए ।

एयरपोर्टमा आगो देखियो

जापान एयरलाइन्स र एनएचके द्वारा हानेडा एयरपोर्टमा जडान गरिएको क्यामेराको भिडिओ फुटेजले विमानले छोएको केही समयपछि नै ज्वालाबाट निस्केको डर लाग्दो क्षणलाई कैद गरेको छ ।

विमान धावनमार्गमा उड्ने क्रममा आगो र धुवाँको ठूलो मुस्लो देखिएको भिडिओमा देख्न सकिन्छ । त्यसपछि विंग वरपरको क्षेत्रमा आगलागी भएको थियो । विमान पूर्णतया आगोले जलेको देखाएको छ ।

विमानमा आगो लागेपछि यात्रुलाई सकुशल बाहिर निकालिएको छ । एयरलाइन्सले ३७९ यात्रु र चालक दललाई बाहिर निकालेको जनाएको छ ।

सार्वजनिक प्रसारणकर्ता एनएचकेमा लाइभ फुटेजले विमान चिप्लिएर दखिएको छ । अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरेको देखाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट