रविलाई खोयाले हानेका रानाभाट १० दिनपछि छुटे-Sutra News

रविलाई खोयाले हानेका रानाभाट १० दिनपछि छुटे

मंगलबार, १७ पौस २०८०

मंगलबार, १७ पौस २०८०

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई खोया हान्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले १० दिनपछि मंगलबार उनलाई साधारण तारेखमा छोडेको हाे ।



रानाभाटले पोखरा अमरसिंह चौरमा आयोजित स्वतन्त्र पार्टीको सभामा लामिछानेलाई मकैको खोया हानेका थिए । खाेया हानेका रानाभाटलाई प्रहरीले अभद्र व्यवहार गरेकाे कसुरमा १० दिनको म्याद राखेर अनुसन्धान अगाडि बढाएको थियो ।

तर, रानाभाटले आफूले जानी जानी लामिछानेलाई खोया प्रहार नगरेको बताउँदै आएका छन् । उनले मकै खाएर फाल्दा झुक्किएर त्यता गएकाे बताएका छन् । प्रहरीसँगकाे बयानमा पनि आफूले जानी जानी नहानेकाे बताएका छन् ।

लामिछानेलाई नियतवश खोया प्रहार गरेको पुष्टि नभएपछि रानाभाटलाई साधारण तारेखमा छाेडेकाे कास्की प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट