धनु राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

धनु राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

बुधबार, १८ पौस २०८०

बुधबार, १८ पौस २०८०

आज मिति २०८० साल पुष १८ गते बुधबार । तदनुसार जनवरी ३ तारिख २०२४ । पुष कृष्ण पक्ष सप्तमी तिथि । बिहान ६ बजेर ५४ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर २१ मिनेटमा अस्ताउने छ ।



मेष

लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ । साँझतिर स्थितिमा सुधार आउने छ । आँटेको काम गर्न सफल भइने छ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिने छ ।

वृष

रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्ने छ । विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले सम्मानित स्थानसमेत दिलाउने छ ।

मिथुन

अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला । साँझतिर विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । हडबडको त्रुटिले काम दोहोर्याउनु पर्ला । केही घरायसी समस्याले आफन्त टाढिन सक्छन् ।

कर्कट

मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहने छ । साँझतिर स्थितिमा सुधार आउने छ । चुनौती पन्छाएर काम बनाउन सकिने छ । विभिन्न कामका अवसर प्राप्त हुने छन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ ।

सिंह

खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ । साँझतिर स्थितिमा सुधार आउने छ । मिहिनेतले केही काम गर्न सकिने छ । स्रोत–साधन जुटाउने समय छ ।

कन्या

साँझतिर सहयोगीहरूले साथ दिने छन् । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । प्रेम र मित्रताको बन्धन कसिने छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन आउन सक्छ ।

तुला

साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउने छ । आँटेको काममा बाधा हुन सक्छ ।

वृश्चिक

साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ । अवसरले पछ्याउने छन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

धनु

मिहिनेतले कार्यसिद्धि हुनेछ । साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर

अवसरको खोजीमा दौडधुप गर्नु पर्ला । आफ्नो श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्ने छन् । साँझतिर स्थितिमा सुधार आउने छ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउने छ ।

कुम्भ

व्यवसायबाट आम्दानी भइरहने छ । भौतिक वस्तुहरू जुटाउन सकिने छ । साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने देखिन्छ । स्वास्थ्यका लागि सजग रहनु होला ।

मीन

चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला । साँझतिर स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ । व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा लाभ हुनेछ । मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट