फिनल्याण्ड र स्विडेनको तापक्रम माइनस ४० डिग्री-Sutra News

फिनल्याण्ड र स्विडेनको तापक्रम माइनस ४० डिग्री

बुधबार, १८ पौस २०८०

बुधबार, १८ पौस २०८०

काठमाडौं । फिनल्याण्ड र स्विडेनमा मंगलबार सबैभन्दा चिसो तापक्रम रेकर्ड गरिएको छ । माइनस ४० डिग्री सेल्सियससम्म झरेपछि चिसो बढेको छ ।



चिसो र हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ । नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ । स्विडेनका रेल अपरेटरहरूले चिसोले आर्कटिक उत्तरमा रेल यातायातका लागि धेरै समस्या उत्पन्न भएको बताएका छन् ।

स्विडेनको सार्वजनिक प्रसारक एसभिटीका अनुसार उत्तरी स्विडेनमा आदिवासी सामी बसोबास गर्ने एउटा सानो गाउँ निक्कालुओक्टामा मंगलबार बिहान तापक्रम शून्यदेखि माइनस ४१ दशमलव छ डिग्री सेल्सियस तल पुगेको छ ।

एसभिटीका मौसमविद् निल्स होल्मक्विस्टले भने ‘यो जाडोमा अहिलेसम्मको सबैभन्दा चिसो तापक्रम हो र उत्तरमा धेरै चिसो मौसम रहने छ ।’

फिनल्याण्डमा चिसो रेकर्ड उत्तर पश्चिमी सहर यलिभिस्कामा गरिएको छ । त्यहाँ मंगलबारको प्रारम्भमा तापक्रम शून्यदेखि ३७ दशमलव आठ डिग्री सेल्सियससम्म तल झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट