काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका लागि १० लाख रुपैयाँ निकासा भएको छ ।
अर्थ मन्त्रालयले राष्ट्रपति पौडेलको उपचार खर्चका लागि भन्दै नौ लाख ९५ हजार रुपैयाँ निकासा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई राष्ट्रपति पौडेलको उपचार खर्च भुक्तानी गर्न रकम निकासा गरेको मन्त्रालयले जनाएको छ ।
उक्त रकम मन्त्रालयले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ बमोजिम निकासा गरेको हो ।
उक्त ऐनअनुसार राष्ट्रपति वा उपराष्ट्रपतिले स्वदेशका अस्पतालमा भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराउँदा लागेको खर्च बेहोर्ने व्यवस्था रहेको छ ।