शेयर बजार भारी अंकले वृद्धि-Sutra News

शेयर बजार भारी अंकले वृद्धि

बुधबार, १८ पौस २०८०

बुधबार, १८ पौस २०८०

काठमाडौं । शेयर बजार परिसूचक नेप्से २७.९ अंक बढेको छ । योसँगै नेप्से २०५८ विन्दुमा कायम भएको छ । बुधाबार कारोबार रकम चार अर्ब चार करोड रुपैयाँको भएको छ ।



आज सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा बढी ३ प्रतिशतले वृद्धि भएको छ । ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर सिमेन्टलगायत कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

लक्ष्मी लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घटेको छ । मनकामना स्मार्ट लघुवित्तको ३.८, समता घरेलु लघुवित्तको २.८ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, आईएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट