७.६ म्याग्निच्युडको भूकम्पमा परी जापानमा ६४ जनाको मृत्यु-Sutra News

७.६ म्याग्निच्युडको भूकम्पमा परी जापानमा ६४ जनाको मृत्यु

बुधबार, १८ पौस २०८०

बुधबार, १८ पौस २०८०

काठमाडौं । जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।



सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ ।

बुधबारसम्म भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन ।

भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधबार बिहान ५.४ र मंगलबार साँझ पनि ४.६ म्याग्निच्युडका दुई ठूला पराकम्पन गएका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार भूकम्पीय तीव्रता स्केल ७ रहेको र जमिनमा उभिन कठिन भएको थियो ।

क्षतिको रिपोर्टसँगै प्रभावित क्षेत्रमा मानिसहरू भत्किएका घरहरूमा फसेको तथा उद्धारको पर्खाइमा रहेको धेरै घटना आइरहेको नगरपालिका अधिकारीले जनाएका छन् ।

जेएमएले भूकम्पपछि जापानी समुद्रमा राखिएका सुनामीसम्बन्धी सुचनाहरू हटाएको छ । यद्यपि मौसम अधिकारीले अर्को दुई तीन दिनसम्म शक्तिशाली पराकम्पन आउन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट