रवि मुछिएकाे सूर्यदर्शन ठगी प्रकरण : पुर्पक्षका लागि दुई कारागार चलान-Sutra News

रवि मुछिएकाे सूर्यदर्शन ठगी प्रकरण : पुर्पक्षका लागि दुई कारागार चलान

बुधबार, १८ पौस २०८०

बुधबार, १८ पौस २०८०

पाेखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।



सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले सहकारीका पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कारागार पठाउने आदेश गरेको हो ।

सहकारीका सञ्चालकले निक्षेपकर्ताको बचत फिर्ता नगरेका र सहकारीको रकम हिनामिना गरेको बचतकर्ताको जाहेरीपछि कास्की प्रहरीले गत भदौ २५ गते उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनीहरुले मंगलबार अदालतमा आत्मसमर्पण गरेका थिए ।

सूर्यदर्शन सहकारी सम्बद्ध १९ जनाविरुद्ध रु एक अर्ब ११ करोड बिगो दाबीसहित अदालतमा मुद्दा दर्ता गरिएको छ । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेललाई यसअघि नै पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

सहकारीको रकम अपचलन मुद्दा लागेका अध्यक्ष जिबी राईसहित १५ जना भने अझै फरार छन्। उनीहरूले सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको पोखरा महानगरले गरेको छानबिनमा उल्लेख छ।

याे प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पनि मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट