आज तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल-Sutra News

आज तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल

बिहिबार, १९ पौस २०८०

बिहिबार, १९ पौस २०८०

आज मिति २०८० साल पुष १९ गते बिहीबार । तदनुसार जनवरी ४ तारिख २०२४ । पुष कृष्ण पक्ष अष्टमी तिथि । बिहान ६ बजेर ५५ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर २२ मिनेटमा अस्ताउने छ ।



मेष

परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नु पर्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनु पर्ला । अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिने छ ।

वृष

शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइने छ । अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ । समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्ने छन् ।

मिथुन

शुभचिन्तकको साथ–सहयोगले काम गर्न सकिने छ । श्रम परे पनि प्रतिफल प्राप्त हुनेछ । तर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ । अरूका काममा धेरै समय अलमलिनु पर्ला ।

कर्कट

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनु
होला । मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहने छ ।

सिंह

रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नु पर्ने समय छ । समयमा सजग नहुँदा फाइदा लिने अवसर गुम्न सक्छ ।

कन्या

कामका लागि रकम जोहो गर्ने समय छ । आफन्त र परिवारबाट टाढिनुपरे पनि दिन उपलब्धिमूलक रहने छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ । तर, अवसरको खोजीमा दौडधुप भने गर्नु पर्ला ।

तुला

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्ने छन् । आवश्यक भौतिक साधन सजिलै जुट्ने छन् । आम्दानी बढ्नाले उत्साह जाग्ने छ । श्रमको उचित मूल्य पाइने छ । व्यापारमा राम्रै फड्को मार्न सकिने छ ।

वृश्चिक

अरूका काममा समय खर्चनुपर्दा पछि परिने छ । सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्ने छन् । पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ ।

धनु

प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिने छ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउने छ ।

मकर

स्वास्थ्य कमजोर रहने छ । खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनु पर्ला । कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ ।

कुम्भ

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउने छ । आफन्तको उपहारले प्रसन्नता मिल्नेछ । मित्रता र प्रेमको बन्धन कसिने छ भने परिवारजनको साथले उत्साह जगाउने छ ।

मीन

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्ने छ । आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट