काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गजुरेलको राजीनामा स्वीकृत भएको हो । उनले एक महिनाअघि प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए ।
गजुरेलको राजीनामा मंसिर २० देखि लागू हुने गरी स्वीकृत भएको हो । गजुरेलले काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएको बताउँदै आएका छन् ।