काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार आठ दशमलव सात एक अंकले ओरालो लागेर २०४९ दशमलव २८ अंकमा सिमित भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अंकले ओरालो लागेर ३७९ दशमलव १६ मा सिमित भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कूल एक करोड ६० लाख ५२ हजार १०१ कित्ता शेयर पाँच अर्ब ५८ करोड ११ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् ।
कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रह्यो । कम्पनीको ३३ करोड ४५ लाख बराबरको शेयर कारोबार भयो ।
यस्तै शिवम् सिमेन्ट १९ करोड ४८ लाख २६ हजार, माउण्टेन इनर्जी १८ करोड ६४ लाख, एनआरएन इन्फास्ट्रचर १६ करोड २९ लाख बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।