काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले मधेस केन्द्रित तीन दलका अध्यक्षसँग सामूहिकरूपमा भेटवार्ता गरेका छन् ।
विदेशमन्त्री जयशंकरले मधेश केन्द्रीत नेताहरुलाई भारतीय दूतावासमा बोलाएका थिए ।
विदेशमन्त्री जयशंकरलाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत सामूहिकरूपमा पुगेका थिए ।
भेटमा द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको नेताहरूले दाबी गरेका छन् ।
यसअघि भारतीय विदेशमन्त्री डा जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मुख्य दलका नेताहरुसँग बेग्लाबेग्लै भेट गरेका थिए ।
बिहीबार नेपाल भ्रमणमा आएका विदेशमन्त्री जयशंकर शुक्रबार नै फर्किने तयारीमा छन् ।