काठमाडौं । लगातार घटबढ भइरहेको सुनको मूल्य शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबारकै तुलनामा शुक्रबार सुनको मूल्य कायम छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँ रहेको महासंघले जनाएको छ । सोमबार बढेको सुनको मूल्य मंगलबारदेखि घटेको थियो ।
सुनको मूल्य स्थिर रहँदा शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
मंगलबारदेखि चाँदीको मूल्य पनि घटिरहेको थियो । बिहीबारकै तुलनामा शुक्रबार चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।