![Heart_Attactk](https://www.sutranews.com/wp-content/uploads/2024/01/Heart_Attactk.jpg)
![समयमै खाने बानीले बच्न सकिन्छ हृदयघातबाट !](https://www.sutranews.com/wp-content/uploads/2024/01/Heart_Attactk.jpg)
यदि तपाईंले दिनको पहिलो खाना, बिहानको खाजा र बेलुकीको खाना अबेर राती खानुभयो भने यसले गम्भीर परिणाम निम्त्याउने एक अनुसन्धानले देखाएको छ । यसले हृदयघातको जोखिम निम्त्याउन सक्छ।
अध्ययनले मुटु रोगको जोखिमबाट बच्न दिनको पहिलो खाना बिहान ८ बजे र बेलुकीको खाना ८ बजे खाने सुझाव दिएको छ ।
ग्लोबल बर्डन अफ डिजिज अध्ययनका अनुसार, हृदय रोग संसारमा मृत्युको प्रमुख कारण हो । अध्ययनअनुसार प्रत्येक वर्ष झण्डै दुइ कराेड व्यक्तिकाे ज्यान हृदय रोगका कारण जाने गर्दछ । जसले यसकाे अवस्था के छ भन्ने प्रष्ट पार्दछ।
फ्रान्सेली अनुसन्धान संस्थान नेशनल रिसर्च इन्स्टिच्युट फर एग्रीकल्चर फूड एन्ड इन्भायरमेन्टको अध्ययनले दिउँसो ढिलो खाना खाँदा हृदयघातको उच्च जोखिमसँग सम्बन्धित रहेको देखाएको छ, प्रत्येक घण्टा ढिलो गर्दा ६ प्रतिशतले जोखिम बढेको छ।
उदाहरणका लागि, बिहान ९ बजे पहिलो खाना खाने व्यक्तिलाई बिहान ८ बजे पहिलो खाना खाने व्यक्तिको तुलनामा ६ प्रतिशत बढी हृदयाघात हुने सम्भावना हुन्छ।
जब दिनको अन्तिम खानाको कुरा आउँछ, बेलुका ८ बजेभन्दा अगाडिको खानाको तुलनामा ढिलो (रात ९ बजेपछि) खाँदा मस्तिष्कघातजस्ता मस्तिष्कघातको जोखिम २८ प्रतिशतले बढ्छ ।
अन्तमा, दिनको अन्तिम खाना र अर्को दिनको पहिलो खानाको बीचमा लामो समयसम्म राती उपवास बस्नु भनेको सेरेब्रोभास्कुलर रोगको जोखिम निम्त्याउनु हाे ।
बिहानको खाजा र बेलुकाको खाना समयमै खाँदा मुटु रोगको जोखिमबाट बच्न मद्दत पुग्ने टोलीकाे सुझाव छ । एजेन्सीबाट