काठमाडौं । सत्ता गठबन्धनका नेताहरूबीच राष्ट्रियसभा सदस्य निर्वाचनको भागबण्डा छलफलमा बसेका छन् ।
छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो । भागबण्डाको टुंगो लगाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी भएका छन् ।
राष्ट्रियसभा चुनावमा उम्मेदवारीको भागबण्डा मिलाउन नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् । राष्ट्रियसभाको १९ सिटका लागि चुनाव हुनेछ ।