जब १७१ यात्रु बोकेर उडेको विमान दुर्घटना हुनबाट जोगियो…-Sutra News

जब १७१ यात्रु बोकेर उडेको विमान दुर्घटना हुनबाट जोगियो…

शनिबार, २१ पौस २०८०

शनिबार, २१ पौस २०८०

काठमाडौं । अलास्का एयरलाइन्सको बोइङ विमान ठूलो दुर्घटनाबाट बचेको छ । बोइङ ७३७-९ म्याक्स विमानले उडान भरेको केही मिनेटमै आकाशमा ढोका खोल्दा आपतकालीन अवतरण गरेको हो ।



यात्रुहरूले खिचेको भिडिओले विमानको बीचको केबिनको ढोका पूर्ण रूपमा अलग भएको देखाएको छ ।

विमान पोर्टल्याण्डबाट क्यालिफोर्नियाको ओन्टारियो जाँदै थियो । विमान उडेको केही समयपछि घटना भएको हो । विमानमा १७१ जना र ६ जना चालक दलका सदस्य सवार थिए ।

ढोका छुट्टिएको थाहा पाएपछि विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको थियो ।

घटनापछि अलास्का एयरलाइन्सले ट्वीटरमा लेखेको छ, ‘हामी घटनाको अनुसन्धान गरिरहेका छौँ, के र कसरी भयो भन्ने कुरा पत्ता लगाउन प्रयास गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट