काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार हुने भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक आइतबार सोही समयमा बस्ने भएको हो ।
मुख्यसचिव पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए ।
उनले बैठकमा सहभागी हुन केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरे ।