राष्ट्रियसभा निर्वाचनमा एमालेसँग नमिल्ने गठबन्धनको निष्कर्ष-Sutra News

राष्ट्रियसभा निर्वाचनमा एमालेसँग नमिल्ने गठबन्धनको निष्कर्ष

शनिबार, २१ पौस २०८०

शनिबार, २१ पौस २०८०

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भिड्ने भएको छ ।



शनिबार बसेको सत्ता गठबन्धनको बैठकले एमालेलाई पनि साथमा लैजाने ढोका बन्द गरेको हो । बैठकले एमालेलाई साथमा लिएर जान नसकिने भन्दै गठबन्धन दलबीच सिट बाँडफाँड गर्ने निष्कर्षमा पुगेको हो ।

‘अब एमालेलाई समेट्ने स्थिति रहेन, एउटा बृहत लोकतान्त्रिक सन्दर्भमा राष्ट्रियसभामा सबै दललाई समेटेर जाने हो कि भन्ने सोचाई हो,’ गठबन्धनको बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘तर, एमालेले सत्ता गठबन्धन दलको सदासयतालाई थोरै कमजोरीको रूपमा बुझेको जस्तो देखियो त्यस कारण उहाँहरूसँग कुरा मिलेन ।’

बैठकमा राष्ट्रियसभा सदस्यको उम्मेदवार बाँडफाँड सहमति नजिक पुगेको बताउँदै उनले दलहरूबीच साँझ ५ बजे छलफल हुने बताए ।

‘आज साँझ ५ बजे सत्ता गठबन्धनका सबै दलहरू बसेर छलफल गर्ने कार्यक्रम छ, सत्ता गठबन्धन सिङ्गै एउटा मोर्चामा लड्ने भएपछि उम्मेदवार बाँडफाँड पनि गर्नु पर्नेछ, साँझ ८ दलको बैठक बस्ने छ,’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट