जापानमा भूकम्पबाट ११० जनाको मृत्यु, २११ जना बेपत्ता-Sutra News

जापानमा भूकम्पबाट ११० जनाको मृत्यु, २११ जना बेपत्ता

शनिबार, २१ पौस २०८०

शनिबार, २१ पौस २०८०

काठमाडौं । जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या सय जनाभन्दा बढी पुगेको छ ।



भूकम्पमा परी मृत्यु हुनेको संख्या ११० पुगेको छ भने बेपत्ता हुनेको संख्या २१० पुगेको एएफपीले जनाएको छ ।

भूकम्पमा परी इशिकावामा शनिबारसम्म २१० जना बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले स्थानीय अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् ।

जापान मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए)ले स्थानीय समयअनुसार शनिबार बिहान ५ः२५ बजे नोटो क्षेत्रमा पुनः ५.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट