हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते-Sutra News

हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

शनिबार, २१ पौस २०८०

शनिबार, २१ पौस २०८०

झापा । जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।



डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विं.सं. २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित छ जनाको हात्ती आक्रमणमा ज्यान गएको छ । छ जना घाइते भएका थिए ।

यसैगरी, ०७९ मा सात जनाको मृत्यु र आठ जना घाइते भएको उनले बताए । सोही अवधिमा छ हात्ती मरेको तथ्यांक वन कार्यालयमा रहेको छ ।

जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जंगली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने सिलसिलाबाट झापा, मोरङ र सुनसरी आक्रान्त छन् ।

खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई पछिल्लो समयमा अधिक आक्रमणको निशाना बनाउँदा अकालमा धेरैले ज्यान गुमाउनु परेको हात्ती संरक्षण अभियानकर्मी शंकर लुइँटेल बताउँछन् ।

सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले काम गर्न छाडेपछि पछिल्लो समय हुल बाँधेर हात्ती नेपाल प्रवेश गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट