मेष र कर्कट राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

मेष र कर्कट राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

आइतबार, २२ पौस २०८०

आइतबार, २२ पौस २०८०

आज मिति २०८० साल पुष २२ गते आइतबार । तदनुसार जनवरी ७ तारिख २०२४ पुष कृष्ण पक्ष एकादशी तिथि । बिहान ६ बजेर ५५ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर २४ मिनेटमा अस्ताउने छ ।



मेष

परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहने छ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने छ ।

वृष

सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नु पर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्ने छ ।

मिथुन

बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

कर्कट

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्ने छन् ।

सिंह

आशा देखाउनेहरूले धोका दिने छन् । अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ । किनमेल गर्दा तत्काल आवश्यक नभएको वस्तुतर्फ अधिक खर्च हुनेछ ।

कन्या

नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिने छन् । जीवनशैलीमा परिवर्तन ल्याउन सकिने छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

तुला

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनु होला । भविष्यका लागि केही वस्तु त्याग्नु पर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

वृश्चिक

कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल अचल धनको उपयोगबाट फाइदा उठाउन सकिने छ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।

धनु

काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्ने छ । व्यवसायमा सोचेको प्रगति हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउने छ ।

मकर

लक्ष्यमा पुग्न निकै संघर्ष गर्नु पर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ । हिसाबकिताबमा होसियार रहनु होला । व्यावसायिक कामलाई निरन्तरता दिन सकिने छ ।

कुम्भ

समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिने छ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला । पहिलेका कमजोरीमा क्रमशस् सुधार आउने छ ।

मीन

प्रेमको बन्धन कसिने छ । साथीभाइ र सहयोगीहरूले साथ दिने छन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । भौतिक सुविधा जुटाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट