काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँट टुंग्याउन सत्तारुढ चार दल पुनः जुटेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका शीर्ष नेता छलफलका लागि जुेटका हुन् ।
शनिबार राति बसेको बैठकमा दलहरुबीच मोटामोटी सिट बाँडफाँटको सहमति भएको थियो । राष्ट्रियसभाको १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने खाका तयार गरिएको थियो ।
तर, एकीकृत समाजवादीले २ सिटमा चित्त बुझाएको छैन । उसले तीन सिट पाउनुपर्ने दाबी गरेको छ ।
एकीकृत समाजवादीलाई मनाएर सिट बाँडफाँट टुंग्याउने दलहरुको तयारी छ ।
राष्ट्रियसभामा १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । माघ ११ मा हुने निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
सम्बन्धित समाचार