सधैँ फिट रहन खानुहोस् यी तीन तरकारी-Sutra News

सधैँ फिट रहन खानुहोस् यी तीन तरकारी

आइतबार, २२ पौस २०८०

आइतबार, २२ पौस २०८०

सबैजना सधैँ फिट र सबै रोगहरूबाट टाढा रहन चाहन्छन्। घरमा धेरै प्रकारका तरकारीहरू बनाइन्छ, जुन शरीरको लागि धेरै फाइदाजनक हुन्छ। यदि तपाई सधैँ फिट रहन चाहनुहुन्छ भने तपाईँले केही तरकारी खानैपर्छ ।



ब्रोकाउली

ब्रोकाउली निकै राम्रो तरकारी हो । यसमा खनिजदेखि विभिन्न खालका भिटामिन पाइन्छ । यसमा भिटामिन सी, फलाम, भिटामिन बी–६, क्याल्सियम, भिटामिन डी, भिटामिन बी–१२ लगायत पाइन्छ । फाइबरयुक्त ब्रोकाउलीले पेटसम्बन्धी थुप्रै खालका समस्या पनि हल गर्छ । विज्ञहरु मिलेसम्म ब्रोकाउली खान सुझाब दिन्छन् । ब्रोकाउली पूर्ण नपकाएर उसिनेर खान विज्ञहरुको सुझाब छ ।

पालक
पालक स्वादमा मात्रै होइन गुणमा पनि उच्च कोटीको तरकारी हो । जाडोमा यसको प्रयोग निकै लाभकारी छ । यसमा हुने पोषक तत्वले शरीरलाई निकै फाइदा छ । विज्ञहरुअनुसार यसमा विभिन्न भिटामिन, खनिज र क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ ।

च्याउ
धेरैलाई च्याउ पनि खान मन लाग्छ । शरीरलाई तन्दुरुस्त राख्नका लागि यो निकै फाइदाजनक हुन्छ । यसलाई सलादको रुपमा पनि खान सकिन्छ । च्याउमा प्रोटिन, फाइबर, मिनरल्स र भिटामिन (बि, बि१, बि१२, सि र ई), एंटीऑक्सिडेंटलगायत पाइन्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट