निर्वाचन नजिकिएसँगै मतदान केन्द्र र विद्यालयमा आगजनी-Sutra News

निर्वाचन नजिकिएसँगै मतदान केन्द्र र विद्यालयमा आगजनी

आइतबार, २२ पौस २०८०

आइतबार, २२ पौस २०८०

ढाका । बंगलादेशमा आमनिर्वाचनअघि हिंसात्मक घटना भएका छन् । बंगलादेशका १० जिल्लामा शुक्रबार साँझ र शनिबार बिहानसम्म १४ मतदान केन्द्र र दुई विद्यालयमा आगजनी गरिएको ढाका ट्रिब्यूनले जनाएको छ ।



रिपोर्टका अनुसार शनिबार राति करिब १० बजे लालमोनिरहाटको हातीबान्धा उपजिल्लामा रहेको मतदान केन्द्रमा आगजनी गरेपछि शेख सुन्दर मास्टरपारा प्राथमिक विद्यालय नामक केन्द्रमा आगजनी गरेका थिए ।

यसैबीच शनिबार मयमनसिंहमा मतदान केन्द्रमा आगजनी भएपछि प्रहरीले कारबाही गरी पाँच जनालाई पक्राउ गरेको छ । यसअघि आइतबार रातिदेखि शुक्रबार बिहानसम्म बंगलादेशको फेनी र राजशाहीमा कम्तीमा पाँच वटा विद्यालयमा आगजनी गरिएको थियो । जसलाई आइतबार मतदान केन्द्रका रूपमा प्रयोग गर्न लागिएको थियो ।

शनिबार चुनुरुघाट उपजिल्लाको धलाईपर सरकारी प्राथमिक विद्यालय केन्द्रमा केही अपाङ्गहरूले आगजनी गरेका छन् । साथै चुनारुघाट उपजिल्ला निर्बाही अधिकृत नीलिमा रैहानाले आगलागी नभएकाले चुनावी सामाग्री वा उपकरणमा कुनै क्षति नभएको बताइन् ।

बंगलादेशको गाजीपुर जिल्लामा शनिबार जिल्लाका विभिन्न भागमा अज्ञात व्यक्तिले दुई मतदान केन्द्रमा आगजनी गरेका छन् ।

मतदान केन्द्रको सुरक्षामा लाखौँ प्रहरी

आइतबार करिब आठ लाख प्रहरी, अर्धसैनिक बल र प्रहरी सहायकले मतदान केन्द्रको सुरक्षा गर्ने छन् । शान्ति कायम गर्न सेना, नौसेना र वायुसेनाका अधिकारीहरू पनि देशभर तैनाथ गरिएको छ ।

शुक्रबार राति छुट्टै घटनामा, एक यात्रुवाहक ट्रेनमा आगजनी आक्रमणमा एक बालकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढाकाबाट आउँदै गरेको बेनापोल एक्सप्रेसको चार डिब्बामा शुक्रबार राति ९ बजे आगलागी हुँदा आठ जना घाइते भएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट