काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाको उम्मेदवार चयन गर्न बैठक आह्वान गरेका हुन् ।
‘गठबन्धनको बैठकपछि अध्यक्ष ज्यूले पदाधिकारी बैठक बोलाउनु भएको छ,’ कार्यालयको मुख्यसचिव श्रीराम ढकालले भने ।
गठबन्धनमा भागबण्डा टुंग्याउन आइतबार बिहानदेखि बालुवाटारमा बैठक बसिरहेको छ । जसअनुसार कांग्रेस र माओवादीले आपसमा १० र ६ सिट बाँड्ने भएको छ ।
नेकपा एकीकृत समाजवादीले २ सिटमा चित्त बुझाउन नमान्दा गठबन्धनभित्र भागबण्डा मिल्न बाँकी छ ।