काठमाडौं । दक्षिण भारतीय अभिनेता विजय देवरकोण्डा र अभिनेत्री रश्मिका मन्दनाबीच विवाह गर्न लागेको खबर बाहिरिएको छ ।
विजय र रश्मिकाको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहँदा दुई परिवारबीच मगनीको खबर चर्चामा चुलिएको छ ।
गीता गोनिन्दम फिल्मको सुटिङमा नजिकिएका उनीहरू डियर कमरेडमा सँगै देखिएका थिए । लामो समयदेखि यी दुईले एक अर्कालाई डेट गरिरहेको खबर आइरहेको थियो ।
केही समयअघि दुवै मल्दिभ्समा छुट्टी मनाउन गएको खबरसँगै दुवैको परिवारले यो सम्बन्धलाई मञ्जुरी दिएका छन् ।
विजय हालै मात्र सामन्था रुथ प्रभुको साथमा खुसी फिल्ममा देखिएका थिए । विजय अहिले गीता गोविन्दमका निर्देशक परशुराम पेटलासँग नयाँ फिल्ममा काम गरिरहेका छन् ।
रश्मिका अहिले पुष्पा २ को सुटिङमा व्यस्त छिन् । यसअघि उनी अभिनित बलिउड फिल्म एनिमलले धमका मच्चाएको थियो ।