जापानमा भूकम्पको पाँचौँ दिन ९० वर्षीय वृद्धाको उद्धार-Sutra News

जापानमा भूकम्पको पाँचौँ दिन ९० वर्षीय वृद्धाको उद्धार

आइतबार, २२ पौस २०८०

आइतबार, २२ पौस २०८०

काठमाडौं । मध्य जापानमा गएको विनाशकारी भूकम्पको पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई उद्धार गरिएको छ ।



सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ । तर, हिम वर्षा र आँधीका कारण आइतबार राहत वितरण तथा उद्धार कार्य जटिल हुन सक्ने बताएको छ ।

जापानमा जनवरी १ मा गएको ७.५ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनमा परी कम्तीमा १२६ जनाको मृत्यु भएको छ । घटनामा २२२ जना हराइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ । तर, सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिबार उद्धार गरिएको छ ।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ । अस्पतालमा लानुअघि उनले प्रश्नको स्पष्ट जवाफ दिइरहेको सरकारी प्रसारक एनएचकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट