नेप्से परिसूचक २६ दशमलव ३६ अंकले घट्यो-Sutra News

नेप्से परिसूचक २६ दशमलव ३६ अंकले घट्यो

आइतबार, २२ पौस २०८०

आइतबार, २२ पौस २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६ दशमलव ३६ अंकको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ को विन्दुमा कायम भएको हो ।



आज ३०४ कम्पनीको एक करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर ९८ हजार ६३२ पटक खरिद बिक्री हुँदा पाँच अर्ब २४ करोड १४ लाख आठ हजार बराबरको कारोबार भएको छ ।

जलविद्युत् समूहको उपसूचक एक दशमलव तीन प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह दुई दशमलव ४० र व्यापार समूह दुई दशमलव १४ प्रतिशतले घटेका हुन् ।

आजको कारोबारमा तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ६९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २८ करोड ५६ हजार ४०४ बराबरको पाँच लाख ५७ हजार १५९ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट