शरणार्थी शिविरमा आगलागी हुँदा आठ सय घर जलेर नष्ट-Sutra News

शरणार्थी शिविरमा आगलागी हुँदा आठ सय घर जलेर नष्ट

आइतबार, २२ पौस २०८०

आइतबार, २२ पौस २०८०

काठमाडौं । बंगलादेशको शिविरमा भएको आगलागीबाट आठ सय घर जलेर नष्ट भएपछि करिब चार हजार रोहिङ्ग्या शरणार्थी आश्रयविहीन भएका छन् ।



बंगलादेशमा करिब १० लाख रोहिङ्ग्याहरू बसोबास गर्छन् । जसमध्ये धेरै सन् २०१७ मा छिमेकी देश म्यानमारमा मुस्लिम बहुल अल्पसंख्याकमाथि सेनाले गरेको कारबाहीबाट भागेका थिए ।

शरणार्थी आयुक्त मिजानुर रहमानका अनुसार आइतबार बिहान देशको दक्षिण पूर्वमा रहेको एक शिविरमा बाँस र त्रिपालले भरिएको कम्प्लेक्समा आगलागी भएको हो ।

रहमानले भने, ‘कम्तीमा ७११ आश्रयस्थल पूर्ण रुपमा जलेका छन् भने ६३ वटा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।’

आगलागीका कारण चार हजार मानिस घरबारविहीन भएको उनको भनाइ थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट