काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको राष्ट्रियसभाका दुई जना उम्मेदवार टुंगो लगाउन तीन नेताहरूलाई जिम्मा दिएको छ ।
अध्यक्ष माधव नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाउन प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
क्लस्टरका कारण पार्टीको तर्फबाट उम्मेदवार टुङ्ग्याउन ढिलाइ हुने उनको भनाइ थियो । समाजवादीले बागमती र कर्णालीमा दुई सिट भागमा पाएको छ ।