देउवासँग सहमति नभएपछि शेखर-गगन पक्ष बैठकमा-Sutra News

देउवासँग सहमति नभएपछि शेखर-गगन पक्ष बैठकमा

आइतबार, २२ पौस २०८०

आइतबार, २२ पौस २०८०

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेताहरू डा. शेखर कोइराला र महामन्त्री गगन थापाले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि चार सिटमा दाबी गरेका छन् ।



पार्टी सभापति शेरबहादुर देउवासँगको वार्तापछि इतर पक्षका नेताहरूले आफूनिकट नेताहरूसँग छलफल थालेका छन् । गठबन्धनबाट १९ मध्ये १० सिट कांग्रेसले पाएको छ । जसमा इतर पक्षले चार सिट दाबी गरेको छ ।

देउवासँगको भेटमा डा. कोइरालाले गत निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रियसभामा नल्याउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट