काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि १९ सिटमा उम्मेदवारको नाम टुङ्ग्याएको छ ।
एमालेले जारी गरेको विज्ञप्तिअनुसार कोशी प्रदेशबाट सुनसरीकी रुक्मिणी चौधरी र भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाइएको छ ।
मधेस प्रदेशबाट पर्साकी उषादेवी थरूनी र महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाएको छ । बागमती प्रदेशबाट दोलखाकी रोचकुमारी चौलागाईं, चितवनका त्रिलोचन निर्मल पौडेल, काठमाडौंका विवेक देवकोटा र धादिङका ध्रुवराज विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।
त्यस्तै गण्डकी प्रदेशमा गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमचन्द्र शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालले जनाएको छ ।
पार्टीले लुम्बिनी प्रदेशमा दाङकी तुलसाकुमारी केसी र पाल्पाका झपेन्द्रबहादु घर्ती, कर्णाली प्रदेशमा हुम्लाकी विमलाकुमारी शाही, मुगुका डिल्लीप्रसाद भट्ट र दैलेखका हिक्मत विक उम्मेदवार बनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा कैलालीकी सावित्रादेवी घिमिरे, कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र कैलालीका रामचन्द्र जोशी उम्मेदवार बनाएको एमालेले जनाएको छ ।