इजराइली आक्रमणमा दुई पत्रकारको मृत्यु-Sutra News

इजराइली आक्रमणमा दुई पत्रकारको मृत्यु

आइतबार, २२ पौस २०८०

आइतबार, २२ पौस २०८०

काठमाडौं । इजराइली आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा दुई पत्रकार मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।



एएफपी समाचार समितिका भिडिओ स्ट्रिन्जर मुस्तफा थुरिया र अल जजिरा टेलिभिजन नेटवर्कका पत्रकार हम्जा वेल दहदौह कारमा यात्रा गरिरहेको बेला मारिएको मन्त्रालय र चिकित्सकहरूले बताएका छन् ।

हम्जाका बुबा वाएल अल-दहदौह गाजापट्टीमा अल जजिराका ब्युरो प्रमुख हुन् र हालैको एक आक्रमणमा उनी घाइते भएका थिए ।

युद्धको सुरुआती सातामा एउटा छुट्टै इजराइली आक्रमणमा उनकी पत्नी र दुई छोराछोरी मारिएपछि उनी घाइते भएका हुन् । थुरियाले सन् २०१९ देखि एएफपीसँग काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट