यी पाँच घरेलु औषधिकाे प्रयाेगबाट बढाउन सकिन्छ यौन शक्ति-Sutra News

यी पाँच घरेलु औषधिकाे प्रयाेगबाट बढाउन सकिन्छ यौन शक्ति

आइतबार, २२ पौस २०८०

आइतबार, २२ पौस २०८०

धेरै मानिसका यौन दुर्वलताकाे शिकार छन् । जसकाे लागि कतिपयले मेडिकल औषधिको पनि साहारा लिन्छन् । तर, त्यसले स्वास्थ्यमा फाइदा गर्दैन । उल्टै समस्या ल्याउँछ ।



यौनशक्ति बढाउन घरेलु उपाय नै लाभान्वित हुने गरेको विज्ञहरूले बताएका छन् । विशेषगरी अव्यवस्थित खानपान, तनावपूर्ण जीवनशैलीलगायतका कारण यस्ता समस्या आउने गरेका छन् । त्यसैले यौन शक्ति बढाउन सबैभन्दा पहिले तपाईंले खानपानमा सुधार गर्नुपर्छ र सन्तुलित भोजन खानुपर्छ । शरीरका लागि चाहिने आवश्यक पोषक तत्व पहिचान गरी खाने गरेका यस्ता समस्या आउँदैनन् । त्यसबाहेक यौन शक्ति बढाउन निम्न घरेलु उपाय अपनाउन सक्नुहुनेछ ।

१. तुलसीकाे प्रयाेग

१५ ग्राम तुलसी र ३० ग्राम सेतो मुसलीलाई पिसेर मसिनो धुलो बनाउनुहोस् । त्यसमा ६० ग्राम मिश्री हालेर एक सिसिमा राख्नुहोस् । तयार पारिएको धुलोलाई औषधिका रुपमा तपाईंले प्रयोग गर्न सक्नुहुनेछ । दैनिक पाँच ग्रामको मात्रा बनाएर बिहान र बेलुका दूधमा घोलेर खाने गर्नुभएका यौन दुर्वलता समाधान हुन्छ ।

२. लसुन र मह

दुई सय ग्राम लसुन पिसेर त्यसमा ६० मिलिग्राम मह मिलाउनुहोस र बिक्रो भएको सिसिमा राख्नुहोस । त्यसलाई एक महिनासम्म सुरक्षित स्थानमा राख्नुहोस । यसरी तयार भएको सामग्रीलाई ३१ औ दिनदेखि ४० औ दिनसम्म दिनमा १० ग्राममात्रा बनाएर खानुहोस । यसले यौन शक्ति बढाउने छ ।

३. जायफलकाे सेवन

जायफल अर्थात जायदानालाई नियमित सेवन गर्नाले पनि यौन दुर्वलता टाढा भाग्छ । बिहान सबेरै एक ग्राम जायदानाको धुलोलाई पिउने पानीमा घोलेर दैनिक सेवन गरेका केही दिनमा तपाईंमा परिवर्तनको महशुस हुनेछ ।

४. दालचिनीकाे धुलाे र दुध

दुई ग्राम दालचिनीको धुलोलाई दैनिक बिहान दूधसँग घोलेर पिउने गर्नुभएका यौन दुर्वलताको समस्या समाधान हुनेछ ।

५. खजुर र दुध

बिहानी समयमा दुई दाना खजुरलाई नियमित खाने गर्नुहोस् । अथवा उक्त खजुरलाई घ्यूमा भुटेर त्यसमा अलैची, सख्खर हालेर त्यसमा दूघ मिसाएर सेवन गर्नुभएमा यौन दूर्वलता हट्नुका साथै यौन शक्ति बढ्नेछ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट