आजको राशी : हेर्नुहोस् तपाईंको दिन कस्तो ?-Sutra News

आजको राशी : हेर्नुहोस् तपाईंको दिन कस्तो ?

सोमबार, २३ पौस २०८०

सोमबार, २३ पौस २०८०

आज मिति २०८० साल पुष २३ गते सोमबार । तदनुसार जनवरी ८ तारिख २०२४ । पुष कृष्ण पक्ष द्वादशी तिथि । बिहान ६ बजेर ५५ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर २४ मिनेटमा अस्ताउने छ ।



मेष

दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला । समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्ने छन् । स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा ध्यान पुर्याउनु होला ।

वृष

व्यापार बढ्ने छ भने यात्राको साइत जुर्न सक्छ । दिउँसोतिर प्रियजनसँग भेटघाट हुनेछ र आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । आफन्तहरूको साथ जुट्ने छ । वादविवादमा अघि नसर्नु होला, मिहिनेतले काम बन्नेछ ।

मिथुन

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउने छ । स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिने छ । प्रतीक्षित नतिजाले उत्साह जगाउने छ ।

कर्कट

अरूको सुझावमा भर नपर्नु होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु होला । श्रम परे पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनु होला ।

सिंह

आफन्त र साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नु पर्ला । बिना योजना काम थाल्दा दुस्ख पाइने छ । अरूको मुख ताक्ने बानीले काममा पछि परिने छ । प्रतिस्पर्धीलाई कमजोर नठान्नु होला ।

कन्या

दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइने छ । साहसी काम गरेर अरूको मन जित्न सकिने छ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । नाम, दाम र इनाम प्राप्त हुने समय छ ।

तुला

धेरै बोल्दा समस्या आउन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु होला । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहने छ ।

वृश्चिक

दिउँसोदेखि महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिने छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द पनि प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला ।

धनु

व्यवसायमा थप लगानी आवश्यक पर्नेछ । भैपरी आउने समस्यामा समय बित्ने छ । आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन् । उठेको रकम खर्च हुनेछ ।

मकर

दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्ने छ । आय आर्जनका नयाँ स्रोत फेला पर्ने छन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुने छन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

कुम्भ

स्थितिमा सुधार आउने छ । प्रतीक्षित नतिजाले उत्साह जगाउने छ । विभिन्न अवसरले पछ्याउने छन् भने दिगो काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। व्यवसायमा पनि प्रगति हुनेछ ।

मीन

अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । दिउँसोदेखि आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्ने छ । अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनु पर्ला । बाध्यात्मक परिस्थितिले काम रोकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट