काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नाे भागमा परेकाे राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाएको छ । साेमबार बिहान बसेकाे पार्टी सचिवालय बैठकले उम्मेदवार टुंग्याएकाे हाे ।
बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुंगो लगाइएको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।
हमालले जानकारी दिएअनुसार बागमतीबाट घनश्याम रिजाल विश्वकर्मा र कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय भएकाे छ ।
सत्ता गठबन्धनमा भएको भागबन्डामा एकीकृत समाजवादीले २ सिट मात्र पाएको थियो ।