साताको दोस्रो दिन बढ्यो नेप्से, हिमालयन रि-इन्स्योरेन्सको मूल्यमा सर्किट नजिक-Sutra News

साताको दोस्रो दिन बढ्यो नेप्से, हिमालयन रि-इन्स्योरेन्सको मूल्यमा सर्किट नजिक

सोमबार, २३ पौस २०८०

सोमबार, २३ पौस २०८०

काठमाडौं । सोमबार शेयर बजार परिसूचक नेप्से ३६ अंकभन्दा बढीले बढेको छ । साताको पहिलो दिन २६ अंकले घटेको बजारमा दोसो दिन ३६.५७ अंकले बढेको हो ।



सोमबरा म्युचुअल फण्डबाहेक सबै उपसूचक बढेका छन् । जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी ३.७२ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर समूहको उपसूचक २.८१ प्रतिशतले बढेका छन् ।

यस्तै, चार वटा कम्पनीको शेयर मूल्यमा सर्किट लाग्दा आजै दोस्रो बजारमा कारोबार सुरु भएको हिमालयन रि–इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारको सुरुवाती मूल्य ३०९ रुपैयाँ पाएको थियो ।

आज कूल चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट