काठमाडौं । नेकपा एमालेले मधेस प्रदेशमा राष्ट्रियसभाका एक उम्मेदवार नाम परिवर्तन गरेको छ । उम्मेदवार डा. अर्जुन सिंहको ठाउँमा विजाता झालाई पठाइएको हो ।
सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उनको ठाउँमा झालाई उम्मेदवार बनाइएको एमालेले जनाएको हो ।
एमालेले महोत्तरीका डा. सिंह र पर्साकी उषादेवी थरुनीलाई उम्मेदवार बनाएको थियो ।