अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दश जना घाइते-Sutra News

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दश जना घाइते

सोमबार, २३ पौस २०८०

सोमबार, २३ पौस २०८०

काठमाडौं । अष्ट्रेलियाको ग्रेट व्यारियर रिफस्थित टापुमा सोमबार विमान दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।



सोमबार बिहान १० जना सवार विमान केअर्सको लागि उडेको केही समयपछि ब्रिसबेनबाट करिब १६ सय किलोमिटर उत्तर पश्चिममा रहेको लिजार्ड आइल्याण्डको धावनमार्गमा फर्किरहेको अष्ट्रेलियाली पत्रिकाले जनाएको छ ।

आरोहणका क्रममा टाउन्सभिल एयरलाइन्सद्वारा सञ्चालित सेस्ना २०८ को इञ्जिनमा प्राविधिक समस्या भएको संकेतपछि चालकले ‘लिजार्ड आइल्याण्ड’मा फर्कने प्रयास गरेको अष्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोका प्रमुख आयुक्त एङ्गस मिचेलले बताए ।

विमानमा सवारलाई गम्भीर चोटपटक लागेको रिपोर्टहरू मिचेललाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय समाचार वेबसाइट न्युज डट कमका अनुसार क्वीन्सल्याण्डको सामुदायिक स्वास्थ्य केन्द्र (क्वीन्सल्याण्ड हेल्थ)ले घाइते सबैलाई केअर्स अस्पतालमा लगिएको थियो । घाइतेको अवस्था सामान्य रहेको छ ।

क्वीन्सल्याण्ड एम्बुलेन्स सेवाका ब्रिना किटिङ्ले दुर्घटनामा भाइते भएकामध्ये एक जनाको हातमा तथा अर्काको टाउकोमा गम्भीर चोट लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट