मेष र धनु राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

मेष र धनु राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

मंगलबार, २४ पौस २०८०

मंगलबार, २४ पौस २०८०

आज मिति २०८० साल पुष २४ गते मंगलबार । तदनुसार जनवरी ९ तारिख २०२४ । पुष कृष्ण पक्ष त्रयोदशी तिथि । बिहान ६ बजेर ५५ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर २५ मिनेटमा अस्ताउने छ ।



मेष

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । खानपान एवं मनोरञ्जनमा रमाउने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार-व्यवसायमा मनग्य आम्दानी बढ्ने छ ।

वृष

चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि विवेकले काम लिन सकिने छ । केही खर्च भए पनि काम बन्नेछ । शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ । भौतिक साधन प्राप्त हुने छन् ।

मिथुन

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दुस्ख पाइने छ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनु होला । दिउँसोदेखि चुनौती पन्छाएर काम बनाउन सकिने छ ।

कर्कट

काममा बाधा पुर्याउनेहरू देखा पर्ने छन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउने छ । साझेदारीमा असमझदारी बढ्ने छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नु पर्ला ।

सिंह

जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन् । काममा प्रतिस्पर्धा बढ्ने छ तापनि व्यवसायमा मनग्य लाभ हुनेछ । मध्याह्नपछि अवसरवादीहरूले झुक्याउन सक्छन् ।

कन्या

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिने छ । फजुल खर्च बढ्ने छ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइने छ । वादविवादमा अघि नसर्नु होला ।

तुला

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । हतारमा निर्णय लिँदा काम दोहोर्याउनु पर्ला । शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइने छ ।

वृश्चिक

आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ । व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ । काममा दोहोर्याएर प्रयत्न गर्नु पर्ला । टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ ।

धनु

प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्ने छ । श्रमको उचित मूल्य पाइने छ । आम्दानी बढ्ने छ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्ने छ । दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नु पर्ला ।

मकर

शुभ चिन्तकहरूको सुझाव नमान्दा दुःख पाइने छ । समस्या सुल्झाउँदै अघि बढ्नु पर्ने समय छ । साथीभाइ टाढिने छन् । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नु पर्ला ।

कुम्भ

समाजमा विवादास्पद काम गर्नु पर्दा समस्यामा परिने छ । ईर्ष्यालु मन भएकाहरूले सताउने छन् । अरूका काममा धेरै समय व्यतीत गर्नु पर्ने छ । हडबडको त्रुटिले काम दोहोर्याउनु परे पनि दिउँसोदेखि स्थितिमा सुधार आउने छ ।

मीन

अस्वस्थताले काममा बाधा पुग्न सक्छ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट