घरमा आगलागी हुँदा तीन जनाको मृत्यु-Sutra News

घरमा आगलागी हुँदा तीन जनाको मृत्यु

मंगलबार, २४ पौस २०८०

मंगलबार, २४ पौस २०८०

काठमाडौं । भियतनामको सेन्ट्रल हाइल्याण्ड प्रान्त जिया लाइमा मंगलबार बिहान एउटा भाडाको घरमा आगलाग हुँदा तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।



मृत्यु हुनेमा ४५ वर्षीया महिला र १५ वर्षीया बालिका रहेका छन् । अर्का एक जना व्यक्तिको भने पहिचान खुलेको छैन । घर आगलागी हुँदा इलेक्ट्रिक बाइकलगायतका अन्य भौतिक सम्पत्ति नष्ट भएको स्थानीय सञ्चारमाध्यम टुओई ट्रे (युवा)ले जनाएको छ ।

सन् २०२३ मा भियतनाममा तीन हजार ४४० वटा यस किसमका आगलागीका घटना घटेका छन् । ती घटनामा जसमा १४६ जना व्यक्तिको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयअन्तर्गतको अग्नी तथा उद्धार प्रहरी विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट