कोशी प्रदेशको सभामुखमा एमालेले उम्मेदवारी नदिने-Sutra News

कोशी प्रदेशको सभामुखमा एमालेले उम्मेदवारी नदिने

मंगलबार, २४ पौस २०८०

मंगलबार, २४ पौस २०८०

काठमाडौं । कोशी प्रदेशसभाको सभामुख निर्वाचनमा नेकपा एमालेले उम्मेदवारी नदिने भएको छ ।



मंगलबार बिहान बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो । कोशी प्रदेशमा मंगलबार दिउँसो ३ बजे सभामुखका लागि निर्वाचन हुँदैछ ।

सभामुखको उम्मेदवारीमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अमरबहादुर विष्टलाई सघाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट