६ किलो गाँजा र सवा पाँच लाख नगदसहित दुई युवा पक्राउ-Sutra News

६ किलो गाँजा र सवा पाँच लाख नगदसहित दुई युवा पक्राउ

मंगलबार, २४ पौस २०८०

मंगलबार, २४ पौस २०८०

काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरले ६ किलो गाँजा र पाँच लाख २० हजार रुपैयाँसहित दुई जना युवालाई पक्राउ गरेको छ ।



जिल्लाको बेलका नगरपालिका ८ प्रहरी चेकपोष्ट कोठुस्थितमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलका नगरपालिका ३ बस्ने २१ वर्षीय पदम बहादुर तामाङ र सोही नगरपालिकाको ९ बस्ने २८ वर्षीय बम बहादुर राई रहेका छन् ।

उनीहरूलाई १० दिन म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट