रुसी यात्रुवाहक विमान धावनमार्गमा चिप्लियो-Sutra News

रुसी यात्रुवाहक विमान धावनमार्गमा चिप्लियो

मंगलबार, २४ पौस २०८०

मंगलबार, २४ पौस २०८०

काठमाडौं । रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७-८०० यात्रुवाहक विमान मंगलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ ।



तर, घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । संघीय हवाई यातायात एजेन्सीले जनाएअनुसार विमान बिहान १० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको थियो ।

उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ जना यात्रुसहित १७६ जना सवार थिए । यस विषयमा अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट